विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १२:४२:१५
२८ माघ, विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।
बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको को ३६ प २८८९ नं. को मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।
दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन्। नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो।
ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ। ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार