उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १४:४९:४७
२८ माघ, उदयपुर । जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन् ।
जिल्लाका पहाडी क्षेत्र ताप्ली, उदयपुर गढी, रौतामाई तथा लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विगतमा परम्परागतरुपमा खेती गरिने र उत्पादन हुँदै आएको रैथाने बाली फापर, जुनेलो तथा गहत हिजो आज खेती गर्न छाडिएपछि पाउन नै छाडिएको स्थानीय बताउँछन् ।
रौतामाई गाउँपाालिका–५ रामेटारका कृषक पदमबहादुर मगरका अनुसार आजभन्दा २०/२५ वर्ष अगाडिसम्म गाउँमा गहत तथा जुनेलो राम्ररी खेती हुने गरेको थियो । पाँच/दश वर्षयता आएर यसको खेती नै गर्न छाडिएपछि गाउँघरमा जुनेलो तथा गहत पाउन छाडेको उनी बताउँछन् ।
रौतामाई–४ डांसिंटारका कृषक नेत्रप्रसाद खत्री भन्छन्, “आजभन्दा १५÷२० वर्षअघिसम्म आफुहरुले गाउँघरमा जुनेलो थुप्रै उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेका थियौँ, तर हिजो आज यसको खेती हुन छाडेपछि हामीलाई जुनेलो खान मन लागेमा अन्यत्र टाढा गएर किनेर ल्याउन बाध्य भएका छौँ ।”
उदयपुरगढी–४ डुम्रेका कृषक नरबहादुर घले मगर रैथाने अन्नबाली गाउँघरबाट लोप हुँदै जानाका कारणबारे भन्छन्, “विगतमा हामीहरूले घरबारी जग्गामा गहत, पाखा बारीको चारैतिर जुनेलोखेती गर्ने गरेका थियौं, अब त सबै युवा जती गाउँ छाडेर अन्यत्र जान थाले, गाउँमा यस्तो कठिन खेती कसले गर्ने, बरु जग्गा बाँझै बस्न थाल्यो, यस्तो खेती गर्ने जाँगरिला मान्छे नै गाउँघरमा बस्दैनन् ।”
गाउँघरमा रैथाने खेती गर्ने बुढापाका भइसकेका र युवा सबै गाउँ छाडेर अन्यत्र गएपछि गाउँमा यस्तो रैथाने खेती गर्ने युवाको अभावमा पनि गाउँघरमा हिजो आज जुनेलो, फापर तथा गहत जस्ता बालीको खेती नै हुन छाडेको ताप्ली–४ पिपलभन्ज्याङका रामबाबु ठकुरी बताउँछन् ।
उनका अनुसार आजभन्दा १५÷२० वर्ष अगाडिसम्म पनि ओख्ले पिपलभन्ज्याङका पाखाबारीमा जुनेलोखेती हुने गरेका कारण गाउँ नै जुनेलोमय हुने गरेको थियो । जिल्लाका पहाडी क्षेत्रका अधिकांश बारीमा विगतमा अनिवार्य रुपमा जुनेलोखेती हुने गरेको भए पनि हिजो आज हुन छाडेको छ ।
विगतमा गाउँका पाखाबारी तथा सुक्खाबारीमा अनिवार्य गहत तथा जुनेलो जस्ता अन्नबाली लगाएर उत्पादन गरिने भएको भए पनि हिजो आज युवाहरुले यस्तो खेती प्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन भएपछि रैथाने बाली लोप हुँदै गएको रौतामाई गाउँपालकिकाका उपाध्यक्ष भूपेन्द्र थापा बताउछन् ।
उदयपुरगढीका दनुवार बेसीका कृषक वुद्धिबहादुर तामाङका अनुसार विगतमा गाउँघरमा फापर तथा जुनेलो उत्पादन गरेर अन्यत्र बजारमा लगेर बिक्री गर्ने गरिएको भए पनि हिजो आज खेती नै हुन छाडेपछि आफैँलाई खानका लागि यस्ता अन्नबाली खोजेर पनि पाउन छाडेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा जिल्लाको पहाडी क्षेत्रको गाउँघरमा उत्पादन हुने फापर, जुनेलो तथा गहत राम्रो उत्पादन हुने र कृषकले यसको बिक्रीले राम्रै फाइदा लिने गरे पनि हिजो आज यसको खेती नै हुन छाडेको छ ।
गाउँघरमा उत्पादन हुने अन्य रैथाने अन्नबाली कोदो, कागुनी, जौंसमेत हिजो आज बिस्तारै खेती हुन छाडेका कारण लोप हुँदै जाने अवस्थामा पुगेको रौतामाईका कृषक कृष्णबहादुर आलेमगर बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार