कर्मचारी थपेर भएपनि त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने बनाउनूः समिति
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १५:५२:८
२८ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ । आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
निर्देशन सुनाउँदै सभापति रामहरि खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी जनशक्ति थप गरी बाहिरबाट आउँदा भीड नहुने गरी सहजता दिन पहल गर्न निर्देशन दिएको बताए । बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन परिमार्जन, मानव तस्करी रोक्ने, भिसा समस्या समाधान गर्ने लगायत निर्देशन दिएको हो ।
विमानस्थल लगायतका ठाउँको अध्यागमन सहज र सरल बनाउन पनि गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । बैठकले विमानस्थलमा अपुग जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा प्रशासन मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिएको छ । विमानस्थलमा बाहिरबाट आउँदा भिड नदेखिने गरी आवश्यक प्रबन्ध गर्न समेत समितिले निर्देशन दिएको छ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार खुला सीमा सुरक्षा कडा बनाउन सरकारले आवश्यक समन्वय गर्ने गरी निर्णय भएको छ । त्यस्तै, सडकमा बसेर माग्नेहरूलाई व्यवस्थित गर्न पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा गरिएका कर्मचारी विमानस्थल अध्यागमनमा जानै नमानेको गुनासो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार