रफाहामा इजरायली हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १७:२४:५५
२८ माघ, गाजा । दक्षिणी गाजा पट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ । घटनामा दर्जनौं अन्य घाइते भएका छन् । बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ ।
रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक विभत्स आक्रमणमा विस्थापित गाजाबासी बसिरहेको एक घर निशानामा परेको छ ।”
इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।
गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए ।
इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको सङ्ख्या बढेको हो । रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार