हमासको नियन्त्रणमा रहेका दुई बन्धकका इजरायली हमलामा मृत्यु
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार ११:४४:५८
२९ माघ, गाजा । इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली आक्रमण भइरहेको दाबी गरेको छ।
यी आक्रमणहरूमा दुई इजरायली बन्धकको मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको दाबी गरिएको छ । प्यालेस्टाइनी समाचार संस्थाहरूका अनुसार अनुसार बाँकी बन्धकहरूलाई राम्रोसँग उपचार प्रदान गर्न असुविधाजनक भएको पनि बताएको छ।
उचित उपचार नहुँदा उनको अवस्था झन झन बिग्रदै गएको छ । हमास ब्रिगेडले इजरायलको लगातारको बमबारीका कारण घाइते भएका मानिसको ज्यान जाने सम्पूर्ण जिम्मेवारी लिएको पनि दाबी गरेको छ ।
इजरायली तथ्याङ्कका अनुसार हमास लडाकुहरूले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा श्रृंखलाबद्ध रकेट आक्रमणहरू शुरू गरेका थिए, जसमा १२ सय मानिसहरू मारिएका थिए र कम्तिमा २५० मानिसहरू अपहरण भएका थिए।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।
गत नोभेम्बरमा इजरायल–हमास युद्धका क्रममा दुवै पक्षले बन्धक बनाएकाहरूलाई रिहा गर्न एक हप्ता लामो युद्धविराम भएको थियो। नोभेम्बर २०२३ को अन्तमा हस्ताक्षर गरिएको यो युद्धविरामको क्रममा हमासले १०० भन्दा बढी इजरायली र विदेशी बन्धकहरूलाई रिहा गरेको थियो ।
सोही क्रममा इजरायलले बन्धक बनाएका २४० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो । इजरायलले गाजामा अझै १३६ जना बन्धक रहेको दाबी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार