भीसी छनोट विवादबारे बुझ्न समितिले बोलायो प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १५:५८:२१
२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटमा आएको विवादबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शिक्षामन्त्री अशोक राई लगायतलाई तीन दिनभित्र समितिमा बोलाउने निर्णय गरेको छ ।
संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत निदेृशन दिएको छ ।
सार्वजनिक भएको सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको छ । खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा अनियमितता गरेको आरोप छ ।
बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको आरोप छ । सोमबार बसेको समितिको बैठकले सिफारिस समिति र मन्त्रालयलाई विवादास्पद देखिएका व्यक्तिबारे ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति भानुभक्त जोशीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार