शहरमा ७ र गाउँमा ४० प्रतिशत नेपाली गरिब
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १६:१४:१
२९ माघ, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको विवरण सार्वजनिक गरेको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको कार्यालयको भनाइ छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार राजधानीमा सावजनिक गरेको नेपाल जीवनस्तर सर्बेक्षण चौथो (२०७८र८०) अनुसार सहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाइ गरिब भनिएको छ । तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीका अनुसार १२ बर्ष अगाडिको तथ्यांकमा नयाँ सिमा तोकेर नया तथ्यांक सार्वजनिक गरिएको हो ।
काठमाडौमा ७ प्रतिशत र सुदुर पश्चिममा ४० प्रतिशत नेपाली गरिब रहेको देखिएको छ । उनका अनुसार गरिबीको रेखा निर्धारण गर्दा उपभोग्य वस्तुमा हुने खर्चका आधारमा गरिबीको रेखा निर्धारण गरिएको हो । एक दशकअघि नेपालमा २५.२ प्रतिशत नेपाली गरिबीको रेखा मुनि थिए । नेपालमा सबैभन्दा बढी सुदूरपश्चिममा गरिबीको दर रहेको पाइएको छ ।
चौथो जीवनस्तर सर्वेक्षणका अनुसार सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत रहेको पाइएको छ । यसपछि गरिबीको दर कर्णालीमा पाइएको छ ।
कर्णालीमा २६.६९ प्रतिशत गरिवीको दर पाइएको हो । सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत गरिबीको दर भेटिएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, वागमतीमा १२.५९, मधेशमा २२.५३ र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार