धरान, पोखरा र काठमाडौंमा गोर्खा वारियरको प्रिमियर गरिँदै
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १३:३२:२८
१ फागुन, काठमाडौं । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहासिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ ।
मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार धरानमा यही फागुन ५ गते र पोखरामा यही फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिँदैछ ।
यसपछि फागुन ९ गते काठमाडौंको बिग मूभिजमा चलचित्रको रेड कार्पेट प्रिमियर हुने पनि उनले जानकारी गराए । यो चलचित्रको नेपालमा रिलिज अघि तीन शहरमा रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।
यस अघि गोर्खा वारियरको बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहासिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रशंसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ ।
यसैबीच गोर्खा वारियर टिमले ६ दिनको मोफसल यात्रा सम्पन्न गरेको छ । यो चलचित्रको धरानबाट सुरु भएको मोफसल यात्रा धरानपछि हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा हुँदै पोखरामा आएर सम्पन्न भएको हो । यात्राको क्रममा लाहुरेको शहर भनेर चिनिने मोफसलका यी स्थानलाई लक्षित गरेर त्यहाँका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक तथा स्थानीय संघ संस्थानका पदाधिकारीहरुसँग चलचित्र युनिटले भेटघाट गर्दै यो चलचित्रबारे जानकारी दिएको छ ।
यात्राको क्रममा गोर्खा वारियरका तर्फबाट चलचित्र पत्रकार संघको धरान, हेटौंडा, चितवन, बुटबल र पोखरा शाखाको सहयोगमा यी शहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।
मोफसल यात्रामा यो चलचित्रका निर्माता निर्देशक एवम् लेखक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरुङ, प्रेस सल्लाहकार डब्बु क्षत्री, मिडियो संयोजक सरिता भारती र व्यवस्थापक प्रेम खड्का रहेका थिए । यी पाँच वटै शहरमा अन्तरक्रियाका क्रममा चलचित्र निर्देशक, अभिनेता र अभिनेत्रीले गोर्खा वारियर र सो चलचित्रमा आफ्नो कामबारे प्रकाश पारे । यी शहरका सञ्चारकर्मीदेखि विभिन्न संघ संस्थाका स्थानीय पदाधिकारीहरूले यो चलचित्र हेर्न आफुहरु निकै उत्साहित रहेको बताए ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।
यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति, सार्वजनिक माफीको माग
माघ ४, २०८१ शुक्रबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
७ वर्षमा चौथो पटक म्याद थप गर्दा पनि ४ किमी सडक कालोपत्र भएन
माघ ६, २०८१ आइतबार
नयाँपुस्ता एवं विदेशी पर्यटकलाई चिनाउन पोखरामा आजदेखि दाइँ महोत्सव
माघ ६, २०८१ आइतबार
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
माघ ६, २०८१ आइतबार
बागमती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि
माघ ६, २०८१ आइतबार
मधेश आन्दोलनको १८ वर्षः अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु
माघ ५, २०८१ शनिबार