श्रीलंकामा श्रृङ्खलावद्ध बिस्फोट : मृत्यु हुनेको संख्या २०७ पुग्यो
इन्द्र रिजाल
बैशाख ८, २०७६ सोमबार ०:५४:१८
एजेन्सी । हरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी मृत्यु हुनेको संख्या २सय ७ पुगेको छ । भने ५०० भन्दा बढी घाइते भएका छन् ।
आइतबार ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ ।
यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होटलमा बिस्फोट भएको छ । सातौ विस्फोट चिडिया घर नजिकैको होटलमा भएको थियो ।
सरकारको कर्फ्यु लगाएको छ । त्यसपछि भएको आठौं बिस्फोटमा तीन प्रहरी पनि मारिएका छन् । प्रहरीले कोलम्बोस्थित एक घरमा खानतलासी लिइरहेका बेला विस्फोट भएको हो । दुई संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले तत्कालका लागि मुख्य सामाजिक सञ्जालहरु प्रयोगमा रोक समेत लगाइएको छ ।
पहिलो विस्फोट चर्चमा
ईस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा भेला भएर प्रार्थना गर्ने गरिन्छ । सेन्ट एन्थोनी र अन्य चर्चामा प्रार्थनाका लागि मानिसहरु भेला भएका थिए ।
पहिलो विस्फोट कोलम्बोका कोच्चकेड जिल्लाको लोकप्रिय चर्च सेन्ट एन्थोनीमा भएको थियो । त्यहाँ ठूलो क्षति भएको छ । मानवीय क्षति पनि बढी भएको छ ।
नौ विदेशी पनि मारिए
विस्फोटमा विदेशी नागरिकहरु पनि परेका छन् । ९ विदेशी नागरिकको मृत्यु भएको श्रीलंका सरकारले पुष्टि गरेको छ । घाइतेहरुको संख्या भने यकिन भएको छैन ।
आत्मघाती आक्रमणकारीले विस्फोट
श्रीलंका सरकारले आइतबार भएको श्रृखलावद्ध विस्फोट आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यसको योजना विदेशमा बनेको सरकारको दाबी छ ।
रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती आक्रमण हो र अहिलेसम्म ७ जना पक्राउ परेका छन् ।’ उनका अनुसार गुप्तचर एजेन्सीले आक्रमणबारे सर्तक गराएको थियो । तर, उनीहरुलाई रोक्नु अगाडि नै विस्फोट भएको भन्दै भने, आक्रमणको योजना विदेशमा बनेको हो ।’ मानिसहरुलाई भने अझै विस्फोटका घटना हुने हो कि भन्ने डर छ ।
विश्वभरका नेताले गरे निन्दा
घटनाको विश्वभरका नेताहरु निन्दा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी रनिल विक्रमासिंगेलाई फोन गरेर घटनाको निन्दा गरेका छन् । साथै उनले आतंकवादको विरुद्धमा उभिने प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गरेका छन् । उनले घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार