जागरण अभियानमार्फत कांग्रेस एकताबद्ध भएर अघि बढ्ने : डा कोइराला
इन्द्र रिजाल
बैशाख ८, २०७६ सोमबार १:२४:१८
भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाति सङ्घ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए ।
सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायलयमाथि चुनौती थपिएको डा कोइरालाले आरोप लगाए । प्रधानमन्त्रीले सङ्घीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप लगाए ।
नेपाली कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको बताउँदै अहिलेकै अवस्थामा कांग्रेस पार्टी बलियो हुन नसक्ने भनाइ राखे। पार्टी बलियो बनाउन कांग्रेस सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले काङ्गेस आन्तरिक विवादमा रुमल्लिँदा पार्टी कमजोर बनेको बताए ।
उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको अब कांग्रेस बलियो हुनुपर्ने चर्चा गर्दै सरकारको कमजोरीप्रति कांग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र फस्टाउन नसक्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले, नेता बुद्घिमान पाख्रिन, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसांसद लेखनाथ न्यौपाने, नेता बाबुराजा जोशी, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थलगायतले वैशाख ११ गतेदेखि शुरु हुने जागरण अभियानमार्फत कांग्रेस एकताबद्ध भएर अघि बढ्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार