दूध बिक्री हुन नसक्दा किसान चिन्तित
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १५:२३:२
३ फागुन, चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् ।
बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । उनले भने, “हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ । अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन ।”
बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताए । उनले भने, “रात्रिबसमा लुकाइछिपाई न्वाउनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन् ।” सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाए ।
बगालेले भने, “यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन”, किसानहरू सडक सङ्घर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उनको भनाइ थियो ।
रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताए । उनले भने, “दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन् ।”
बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान 'डिडिसी'ले दूध उठाउने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उgको भनाइ थियो ।
दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार