ज्योति विकास बैंकको वितरण योग्य मुनाफा लगातार ऋणात्मक, खराब कर्जा बढ्यो
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १५:८:१२
४ फागुन, काठमाडौं । आर्थिक वर्ष ०७९/८० मा आम शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको ज्योति विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा वितरणयोग्य मुनाफा पनि ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी पनि घटेको छ भने खराब कर्जा करिब ५ प्रतिशत पुगेको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा हरिचन्द्र खड्का रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा सन्तोष अधिकारी, रामकुमार श्रेष्ठ, ध्रुव कोइराला, मन महर्जन, नरेशराज आचार्य र सुरेन्द्र बहादुर नेपाली रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ कपिल ढकाल, डेपुटी सीईओमा प्रकाश बराल तथा नायव महाप्रबन्धकमा सुशील कुमार शर्मा रहेका छन् । त्यस्तै बैंकको विभागीय प्रमुखहरूमा रोशन थापा, विकास रानाभाट, बलदेव थापा, दीलिपराज बराल, उमा श्रेष्ठ, कृष्णप्रसाद वस्ती र अपेक्षा पौडेल रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १० करोड १० लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले ३ करोड ४७ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १९० दशमलव ६७ प्रतिशतको वृद्धि भएको छ । तर बिगतको नोक्सानीले बैंकले लाभांश दिन सक्ने अवस्थामा छैन भने घाटा पूर्ति गर्दैमा बैंक व्यवस्थापनको दिन खेर गएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब १५ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा २ दशमलव ३६ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा १९६ दशमलव ७३ प्रतिशतले वृद्धि हुँदै १४ करोड ७३ लाख पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले जम्मा ४ करोड ९६ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १ रुपैयाँ ६३ पैसा थियो ।
वितरण योग्य मुनाफा:
कम्पनीको वितरण योग्य मुनाफा २४ करोड ८४ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ३३ करोड ३ लाख ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ११ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष प्रति शेयर वितरण योग्य मुनाफा १५ रुपैयाँ ४८ पैसा ऋणात्मक थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६० अर्ब २२ करोड निक्षेप संकलन गरी ५० अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १ दशमलव ७३ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह पनि शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २२ दशमलव ८६ प्रतिशतले बढेर १ अर्ब ६९ करोड पुगेको छ भने संचित मुनाफा २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३३ रुपैयाँ शून्य १ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ८८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव ५२ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ११ दशमलव १३ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ९७ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा माला इन्भेस्टमेन्ट प्रा.लि. रहेको छ । बैंकमा माला इन्भेष्टमेण्टको १ दशमलव ८० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
आर्थिक वर्ष ७९/८० मा शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस र ३ दशमलव ८ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार