लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १७:१०:५९
४ माघ, काठमाडौं। देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दमक नगरपालिका-५ बस्ने २४ वर्षीय सागर खड्कालाई १ ग्रामसहित र मोरङ उर्लाबारी-७ बस्ने २९ वर्षीय सन्तोष तिमल्सिना समेत २ जनालाई करिब ५ ग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका-५ कृषिथोक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ९ सय ४० रूपैयाँसहित भारत घर भएकी ३० वर्षीया शोभा दासलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका-८ स्याउलेस्थित सडकबाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलाय मालाखेती र अस्थायी प्रहरी पोष्ट श्रीपुरको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सागर चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा ३ किलोसहित धादिङ निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले ग.२ ख १०५१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार