मगर दिवस: १५ फागुनमा भलिबल प्रतियोगिता आयोजना
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १०:३४:२५
६ फागुन, पर्वत । पर्वतमा १५ फागुनमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पैयुँ गाउँपालिका ७ भोर्ले काभ्राभञ्ज्याङ स्थित जनचेतना युवा मगर समूहले ४२ औं मगर स्थापनाको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
‘आजको युवाको चाहना, समृद्ध गाउँ निर्माणको लागि जनचेतना’ भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रथम हुने टीमले नगद ८० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय हुने टीमले नगद ४५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउँनेछन् । सेमिफाइनल पुग्ने दुवै टीमलाई नगद १३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
खेल अवधिभर उत्कृष्ट हुने खेलाडीले नगद १ हजार रुपैयाँ जर्सी, ट्रफी र प्रमाण पत्रको व्यवस्था प्राप्त गर्नेछन् । अन्य विधाहरु तर्फ बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट क्विकर, बेस्ट सर्भिस, बेस्ट डिफेन्स, बेस्ट सेटर र बेस्ट कोचले जर्सी, ट्रफी र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
खेल एभीएको नियम अनुसार टी.टी. प्रणालीमा खेलाइने जनचेतना युवा मगर समूहका अध्यक्ष मोहन रानाले बताए । उनका अनुसार एक टीममा १० जना खेलाडी, एकजना प्रशिक्षक र एकजना टीम व्यवस्थापक हुनुपर्नेछन ।
हालको वडा स्तरीय हुने खेल ‘वेस्ट अफ थ्री’ खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल ‘बेस्ट अफ फाइभ’ हुनेछन् । १० टीम भन्दा कम समूह साहभागि भएका लिग प्रणाली अनुसार खेलाइने छ । टीम दर्ता शुल्क ५ हजार रुपैयाँ ताेकिएकाे छ ।
फागुन ८ र ९ गते सम्म इच्छुक टीम/समूहले सहभागिता दर्ता गर्न सक्नेछन् । उद्घाटन खेल फागुन १० गते हुने क्लब सचिव नरेश थापाले जानकारी दिए ।
कार्यक्रम अवधिभर स्थानीय मौलिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजनाले जनाएको छ । १५ फागुन अर्थात मगर स्थापना दिवसका दिन राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुकाे प्रस्तुति हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार