अख्तियारले छानविन गरिरहेका स्वास्थ्यमन्त्री र पर्यटनमन्त्रीलाई मन्त्रिपरिषदबाट हटाउनुपर्छः एमाले
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १२:३९:३५
६ फागुन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई मन्त्रिपरिषदबाट हटाउन माग गरेको छ । उनीहरू दुबैलाई अख्तियारले छानविनमा राखेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई राख्न नमिल्ने बताएको छ ।
भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने एमालेको भनाइ छ । टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदको जवाफ दिने कार्यक्रम रहेकोमा एमालेले सुरूमै उठेर विरोध जनाएको थियो । बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको रटान नसुन्ने बताए । उनले स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री सुदन किराँती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको बताए ।
किराँती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार