महामन्त्री थापाको प्रतिवेदन विवादमा आएपछि देउवाले बुढानिलकण्ठमा बोलाए आकस्मिक पदाधिकारी बैठक
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १६:४५:२७
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन विवादमा आएपछि यसबारे छलफल सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । देउवाले बुढानिलकण्ठस्थित निवासमा उपस्थित हुने पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएको बताइएको छ ।
गोदावरीमा आजदेखि सुरु भएको महासमिति बैठकमा उद्घाटन सकिएपछि बूढानीलकण्ठ निवासमा बैठक डाकेका हुन् । महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रतिवेदनमा ०८२ भित्र महाधिवेदन र आगामी दिनमा चुनावी गठबन्धन नगर्ने भन्ने विषय विवादमा छ ।
यसलाई हटाउने विषयमा छलफलका लागि देउवाले बैठक बोलाएका छन् । गत फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावबाट त्यो विषय हटाउन दवाव सुरु गरेका देउवाले महामन्त्री थापासँग धेरैपटक छलफल गरिसकेका छन् । महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन चुनौती गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार