क्यानडा- ११ लाई फिल्डिङ गर्न नेपालकाे निम्ताे
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १०:१६:१
८ फागुन, काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमका कप्तान सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेल मूलपानी क्रिकेट मैदानमा बिहान ९ः ३० बजेदेखि शुरु हुने जनाइएकाे छ । यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा– ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक 'ए' टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।
क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।
क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।
नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार