आजदेखि मानव–हात्ती द्वन्द्व समाधानका लागि २४० किलोमिटर हिड्दै मुख्यमन्त्री कार्की
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार ११:५४:७
९ फागुन, काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ।
यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताए। कार्यक्रमको आयोजना कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो।
जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ।
पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ। बुधबार बिहान ७ बजे मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम छ।
“जङ्गली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्नेछ”, उनले भने, “मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर माननीय मुख्यमन्त्रीज्यूले स्थानीय सरोकारवालासँग अन्तक्रिया गर्नेछन्।” झापामा विगत चार दशकदेखि जङ्गली हात्तीबाट स्थानीयवासी पिरोलिएका छन्। पछिल्ला दिनमा यो समस्या मोरङ र सुनसरीमा समेत विस्तार भएपछि प्रदेश सरकारले न्यूनीकरणका विषयमा चासो व्यक्त गरेको मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीको धारणा छ।
यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।
दोस्रो दिन झापाकै दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई वृक्षरोपण हुँदै पदयात्रा टोली चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने भएको छ। तेस्रो दिन दमक–२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, लेटाङ–४ को त्रिवेणी, जनसेवा हुँदै कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ।
चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटीझोडा साझेदारी वन हुँदै खोर्साने र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने कार्यक्रम तय भएको छ। पाँचौँ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, व्यापारी घाँरी हुँदै डुङ्गाबाट कोशी नदी तरेर श्रीलङ्का टापु हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उनले जानकारी दिए।
छैटौँ दिन आमवासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा र सातौँ दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौँ दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ।
यसैबीच, हात्ती पीडित बाहुनडाँगीवासीका तर्फबाट सर्वपक्षीय टोलीले पदयात्रामा आउने मुख्यमन्त्री कार्कीलाई मागपत्र पेस गर्ने कार्यक्रम रहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा प्रतिपक्ष र सत्ता पक्षको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
बैशाख २६, २०८१ बुधबार
मातातिर्थ औैसीमा भट्टराई छोरीबुहारीले दमकमा गरे जेष्ठ नागरिकलाई सम्मान
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार