मातातिर्थ औैसीमा भट्टराई छोरीबुहारीले दमकमा गरे जेष्ठ नागरिकलाई सम्मान
यज्ञप्रसाद भट्टराई
बैशाख २६, २०८१ बुधबार १२:५९:२२
२६ वैशाख, दमक । भट्टराई कुलवंश प्रतिष्ठान छोरी बुहारी सञ्जाल दमक नगर समितिले मातातिर्थ औँसीको अवसर पारेर दमकको एक बृद्धाश्रममा रहेका जेष्ठ नागरिक आमाबुबाहरूलाई सम्मान गरेका छन् । झापा जिल्लाको दमक नगरपालिका वार्ड नं. ४ अडियामलमा रहेको रत्न जेष्ठ आश्रममा आश्रित जेष्ठ बुबा आमालाई भट्टराई कुलवंश प्रतिष्ठान छोरीबुहारी सञ्जाल दमकले मिष्ठान्न भोजनसहित कपडा दिएर आज सम्मान तथा सहयोग गरेको हो ।
भट्टराई कुलबंश प्रतिष्ठान महिला बिभाग अन्तर्गत रहेको छोरीबुहारी सञ्जालकी दमक नगर अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रमको प्रमुख अतिथि भट्टराई कुलवंश प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराई रहेकी थिइन् । जेष्ठ बुबा आमालाई सम्मान गर्दै प्रमुख अतिथि कृतिका भट्टराईले जेष्ठ आमाबुवाहरुलाई सधै उत्तिकै सहयोग र आश्रय दिनु हामी सबैको दायित्व रहेको भन्दै अग्रजहरुलाई सम्मान गर्नु हामी सबैको कर्तब्य रहेको बताइन् ।
माता तिर्थ औंशिको अवसर पारेर आश्रममा रहेका ९ जना जेष्ठ अभिभावकलाई सम्मान गरिएको थियो । छोरीबुहारी सञ्जाल दमक नगर सहसचिव कविता भट्टराईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा स्वागत मन्तब्य सञ्जालकी दमक नगर कोषाध्यक्ष बाला भट्टराईले राखेकी थिइन ।
भट्टराई कुलवंश प्रतिष्ठान छोरीबुहारी सञ्जाल दमक नगर समितिले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा दमक ९ निवासी भट्टराई कुलवंश प्रतिष्ठानका झापा जिल्ला सदस्य तथा दमक नगर ईन्चार्ज महेश भट्टराई र धर्मपत्नी मञ्जु भट्टराईलेसमेत आफ्नो बैबाहिक बर्षगाँठको अवसर पारेर आमाबुवाहरुलाई फलफुल तथा मिठाइ वितरण गरेका थिए भने प्रतिष्ठानका दमक वडा नं. ९ का अध्यक्ष चित्रबहादुर भट्टराईले आश्रम सञ्चालकलाई १ एकहजार नगद समेत उपलब्ध गराएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कोशी प्रदेश लेखा सम्योजक लेखनाथ भट्टराई, झापा जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, दमक नगर अध्यक्ष बिबेक शर्मा भट्टराई, दमक नगर समितिका निवर्तमान अध्यक्ष बुद्धिशेखर भट्टराई, पुर्वनगर सचिवद्वय यज्ञप्रसाद भट्टराई र आविष्कार भट्टराई, छोरी बुहारी सञ्जाल दमक नगर समितिका पदाधिकारी तथा सदस्यहरु, वडा समितिका अध्यक्ष तथा सदस्यहरु सहित राजनीतिक तथा सामाजिक ब्यक्तित्व दिपेश भट्टराई उपस्थिति रहेको कार्यक्रम सञ्चालिका तथा नगर सहसचिव कबिता भट्टराईले बताएकी छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार