दल विभाजन सम्बन्धी पुरानै विषय कायम राखेर प्रतिनिधि सभामा विधेयक पेश हुँदै
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १०:२४:६
१० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत हुने भएको छ । केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य पुर्याएर मात्र दल विभाजन गर्न सकिने पुरानै कुरालाई यो विधेयकमा राखिएको छ ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
कानुन बमोजिम प्रतिस्थापन विधेयक नआउँदा अध्यादेश निष्क्रिय भएपछि अहिलेको सरकारले राजनीतिक दल सम्बन्धी साविककै (केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य संख्या आवश्यक पर्ने) व्यवस्था कायम गर्न संशोधन विधेयक संसदमा दर्ता गराएको हो । यो विधेयक संसदबाट पारित भएपछि र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।
गत माघ १८ गते संसदमा दर्ता भएको यो विधेयकमा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने व्यवस्था छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए ।
उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य संख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो । त्यसको चर्को आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।
ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने व्यवस्थासहित अध्यादेश तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो । उक्त अध्यादेश जारी भएपछि एमालेबाट माधव नेपाल समूह र जसपाबाट महन्थ ठाकुर समूह अलग भएर नयाँ पार्टी बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
बुद्धका उपदेश पालना गरौं : देउवा
जेठ १०, २०८१ बिहिबार
‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार