पूर्वराष्ट्रपतिसहित चार जनालाई निधि पुरस्कार
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १५:४७:३५
११ फागुन, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गरेको तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गरेकोमा यादवलाई पुरस्कार प्रदान गरिने निर्णय भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए ।
करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय गरिएको छ । यस्तै एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएको भन्दै दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ ।
विसं २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल रही नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
केही वर्षयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी रु एक लाख एक हजार बनाइएको छ । यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसकेका छन् । उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३ औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द्र यादव चिली जाँदै
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
असोज १५, २०८१ मंगलबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
अनुमानभन्दा ठूलो विपद आएकाले सरकारले गरेको पूर्वतयारी पर्याप्त भएनः प्रधानमन्त्री
असोज १५, २०८१ मंगलबार