इन्टरनेट सुरक्षा अध्ययन : अत्याधिक प्रयोग हुने पासवर्डहरू असुरक्षित !
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार १८:४३:२७
एजेन्सी । एक सुरक्षा अध्ययनले लाखौँ व्यक्तिहरूले इन्टरनेटमा सजिलै अनुमान गर्न सकिने खालका पासवर्डहरू प्रयोग गर्ने गरेको देखाएको छ।
यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले गरेको एउटा विश्लेषणले ह्याक गरेर सार्वजनिक भएका पासवर्डहरूमा अन्याधिक प्रयोग गरिने पासवर्ड १२३४५६ भएको देखाएको हो। उक्त अध्ययनले मानिसहरूमा इन्टरनेट सुरक्षाको ज्ञानका कम भएका कारण मानिसहरूको सम्वेदनशील सूचनाहरू खतरामा रहेको देखाएको छ।
एनसीएससीले सुरक्षाका लागि सम्झन सहज तीन असम्बन्धित शब्दहरू जोडेर पासवर्ड राख्न सुझाएको छ। ह्याक गरिएका खाताहरूको सार्वजनिक रूपमा उपलब्ध विवरणहरूको भएका पासवर्डहरू विश्लेषण गरि एनसीएससीले गरेको यो पहिलो अध्ययन हो।
त्यस्ता शब्द वा वाक्यांशहरूको सूचीमा ‘१२३४५६’ पहिलो नम्बरमा आएको छ। त्यसलाई दुई करोड ३० लाख भन्दा बढीले पासवर्डका रूपमा प्रयोग गरेको पाइएको छ। त्यस्तै दोस्रो नम्बरमा आउने ‘१२३४५६७८९’ लाई पनि सहजै पत्ता लगाउन सकिन्छ। धेरै प्रयोग गरिएका अन्य पासवर्डहरूमा”qwerty”, ‘पासवर्ड’ र ‘१११११११’ रहेका छन्।
फुटबल क्लबहरूका नाममा राखिएका पासवर्डहरूमा लिभरपुल सबैभन्दा अगाडि देखिएको छ भने दोस्रो रोजाइमा चेल्सी छ । प्रिमियर लिग फुटबल टिमहरूको नाममा राखिएका पासवर्डहरूमा लिभरपुल सबैभन्दा बढी प्रयोग भएको पाइएको छ। त्यस्तै दोस्रोमा चाँहि चेल्सी रहेको देखिन्छ।
सुरक्षित पासवर्ड राख्नु’नै सबैभन्दा सुरक्षित उपाय
एनसीएससीका प्राविधिक निर्देशक डा. इयान लेभी धेरै चल्तिका शब्दहरू पासवर्डका रूपमा प्रयोग गर्नेहरूले आफैँले आफूलाई ‘ह्याक’ हुने सम्भावनातर्फ धकेलिरहेका हुने बताउँछन्। ‘उनीहरूको पहिलो नाम स्थानीय फुटबल टिम वा आफ्नो मन परेको सांगीतिक समूहजस्ता सहजै अनुमान गर्न सकिने पासवर्ड राखेर कसैले पनि आफ्नो संवेदनशील सूचना सुरक्षित गर्न सक्दैनन्,’उनी भन्छन्।
एनसीएससीले मानिसहरूसँग उनीहरूको सुरक्षा व्यवहार तथा डरबारे प्रश्नोत्तर पनि गरेको थियो। त्यसक्रममा ४२ प्रतिशतले आफ्नो पैसा हराउने वा अनलाइन ठगीको शिकार हुनसक्ने चिन्ता व्यक्त गरेका थिए भने १५ प्रतिशतले मात्र आफूहरूले अपनाएका सुरक्षा विधिहरूमा आफू ढुक्क रहेको प्रतिक्रिया दिए।
यसरी प्रश्न गरिएकामध्ये आधाभन्दा कमले मात्र फरक-फरक र अनुमान गर्न कठीन हुने खालका पासवर्डहरू उनीहरूको इमेलमा प्रयोग गरेको बताएका थिए। ह्याक गरिएका खाताहरूको विवरणहरू संकलन गर्दै आएका एकजना सुरक्षा विज्ञ ट्रोए हन्ट ‘सुरक्षित पासवर्ड राख्नु’नै सबैभन्दा सुरक्षित उपाय भएको बताउँछन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार