जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १५:५५:३१
♦ बिशाल बस्नेत
१३ फागुन, महोत्तरी । संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोड्ने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने भएपछि बर्दिवास–४ नयाँटोलकी तारा मोक्तान दंग छिन् ।
‘खोलावाट छोराछोरीलाई विद्यालय आवतजावत गराउनुपर्ने समस्या एकातिर थियो भने बजार आवतजावत गर्न पनि ठूलो समस्या थियो,’ मोक्तानले खुसी हुँदै भनिन्, ‘अब ती सास्तीका दिन सकिने भए ।’
आफ्नो बारी र खेतमा उत्पादन भएका कृषि उपजहरुलाई बजारसम्म पुर्याउन गरेको संघर्ष सम्झिँदा मोक्तानलाई अहिले पनि कहाली लाग्छ ।
‘बाध्यता थियो । कुनै विकल्प पनि थिएन,’ दुःख सम्झँदै उनले भनिन्, ‘वर्षायाममा खोलाबाट तर्दा कयौंपटक तरकारी बगाएको छ, आवतजावतमा समस्या बनेको छ । अब त यस्ता समस्या भोग्नुपर्दैन कि भन्ने लागेको छ ।’
शनिवार पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त पुलको शिलान्यास गरेपछि विगतमा भोगेका सास्तीबाट मुक्ति पाउने मोक्तान जस्तै धेरैले विश्वास लिएका छन् ।
जंगाहा खोलाको बाढी बढेपछी छोराछोरीलाई विद्यालय लैजान परेको समस्या सम्झँदा मोक्तान जस्तै प्रदीप रसाइलीलाई नेताहरुदेखि नै रिस उठ्ने गर्थ्यो ।
‘तर ढिलै भए पनि नेता पोखरेलसहितका जनप्रतिनिधि र नेताहरुले हाम्रो समस्या बुझेका छन्,’ रसाईलीले भने, ‘अब कमसेकम कृषि कर्म चलायमान हुन्छ भने छोराछोरी विद्यालय पठाउन ढुक्क हुने वातावरण सिर्जना हुने भयो ।’
बजार आउँदा जंगलको बाटो हिड्नुपर्ने र वन्यजन्तुको समेत खतरा रहेको अवस्थामा पुल निर्माण प्रक्रियाअगाडि बढेपछि लक्ष्मण श्रेष्ठको पनि खुसी थामिनसक्नुको छ । पुल निर्माण भएपछि बजारको सहज पहुँच हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुग्न सक्ने श्रेष्ठको विश्वास छ ।
‘मलाई लाग्छ अब खेतीपाती गर्ने बढ्नेछन् भने बजारको लागि समेत समस्या हुँदैन,’ उनले भने, ‘पुलले स्थानीय क्षेत्र समृद्धिको लहर ल्याउनेमा आशावादी भएका छाैँ ।’
यहाँका स्थानीयहरुको उत्पादन गरेका कृषि उपजहरुको बजार ढल्केबर, बर्दिवास र लालबन्दी हो । जंगलको बाटोवाट यात्रा गर्नुपर्ने हुँदा असुरक्षाको चुनौती बढिरहेको बेला यो पुलले बजारसम्म सुरक्षित यात्राको सुनिश्चित गर्ने पनि स्थानीयको विश्वास छ ।
यो पुलवाट ३० हजार मानिस लाभान्वित हुने स्थानीय बताउँछन् । नगरको वडा नं.१, ४, ५, १०, ११ वडाका बासिन्दाको सरल आवतजावतमा योगदान पुर्याउने र किसानलाई विशेष फाइदा पुग्ने प्रदेशसभा सदस्य सारदादेवी थापाले बताइन् ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले महोत्तरीमा भंगाहा नगरपालिकाको सितापुर बजार जोड्ने पुल र यहाँ सुरु भएको पुलसँगै रातो किताबमा परे पनि स्थानीयको संवेदनशीलतालाई हेरेर जंगाहा खोलाको पुल प्राथमिकतामा राखेको बताए ।
यो अवधिमा काम छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न स्थानीयको नै सहयोगको जरुरी भएको बताउँदै विवादरहीत ढंगले काम गर्नुपर्ने धारणा राखे ।
मेरना कन्स्ट्रक्सनले ठेक्का पाएको पुल निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सकेसम्म चाँडो र गुणस्तरीय काम गर्न झकझक्याएर निर्धारित समयमा नै पुल निर्माण सकाउने उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर कार्कीले बताए ।
माओवादी केन्द्रका उपमहासचिव तथा सो क्षेत्रका पूर्व जनप्रतिनिधि गिरिराजमणि पोखरेलले विगतमा अधुरा भएका कामहरूलाई निरन्तरता दिइरहेको र निरन्तरता जारी रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आजको मौसम : तराईमा हावाहुरी, पहाडमा हल्का वर्षा
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार