झापाको बाहुनडाँगीबाट पदयात्रा गर्दै उदयपुर आइपुगे मुख्यमन्त्री कार्की
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार ११:५:३९
१४ फागुन, सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की २ सय किलोमिटर पैदल यात्रा गरी उदयपुर आइपुगेका छन् । चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कार्की उदयपुर आइपुगेका हुन् । यही फागुन ९ गते झापाको बाहुन डाँगीबाट हातीको जैविक मार्गमा ‘हातीमैत्री पदयात्रा’ सुरु गरिएको थियो ।
यसक्रममा कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका विभिन्न वनक्षेत्र तथा बस्तीमा अवस्थित हात्ती जैविकमार्ग हुँदै यात्रा गरे । पदयात्रा टोलीका प्रतिनिधि सोमबार सुनसरीको कोसी टप्पु क्षेत्र हुँदै उदयपुर पुगेका हुन् । टोली कोसी नदी तरेर भागलपुरतर्फ अघि बढेको छ ।
मुख्यमन्त्री कार्कीले आफू जनताका समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन पदयात्रामा निस्किएको बताए । प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । उक्त पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार