विपक्षीको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार ११:४५:३०
१४ फागुन, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् । सोमबार विहान ११ बजे सुरु भएको बैठकमा सुरुमै समय लिएर नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको थियो ।
एमालेका सांसदले सोमबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग सम्बोधन नगरिएको भन्दै नाराबाजी गरिएको हो ।
फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ । प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ ?’
प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन् । यस्तै राप्रपाले पनि मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए ।
राप्रपा संसद र सडक अब दवैतर्फ उभिन्छ भन्दै उनले देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनले बताए । सर्वहारावर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार