६१ केजी सुन जाँचबुझ आयोगले माग्यो थप १५ दिन
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १६:५५:२४
१४ फागुन, काठमाडौं । तस्करी सुनको छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ । सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पुनः २ महिना समय थप गरिएको थियो । थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ ।
आयोगले १५ फागुनसम्म प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने बताएकोछ । यही फागुन मशान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन अनुरोध गरी गृह मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ भन्दै विज्ञप्ति जारी गरिएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै लगातार संसद अवरोध गरेपछि दलीय सहमतिमा सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सुन तस्करीमा संलग्नको अभियोग लागेका १०० भन्दा बढी व्यक्तिसँग बयान र सोधपुछ गरिसकेको छ । थपिएको १५ दिन अवधिमा आयोग प्राप्त प्रमाणहरुको अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयारी हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार