भारतीय गजल गायक पंकज उदासको निधन
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १७:२६:२०
१४ फागुन, काठमाडाैं । भारतीय गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ । गायक लामो समयदेखि बिरामी थिए । उदासको परिवारले विज्ञप्ति जारी गर्दै उनको निधनको जानकारी साेमबार दिएको छ । विज्ञप्तिमा पंकज कुन रोगबाट ग्रसित थिए भन्ने जानकारी अहिलेसम्म खुलेको छैन ।
पंकज उदासको आज बिहान ११ बजे मुम्बईमा निधन भएको हो । केही समयदेखि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । स्राेतका अनुसार पंकजलाई केही महिनाअघि क्यान्सर भएको पत्ता लागेको र केही महिनादेखि उनीले कसैसँग भेटघाट नगरेकाे स्राेतले बताएकाे छ । उनको अन्तिम संस्कार भोलि मुम्बईमा गरिने छ ।
पंकज गजल गायनको दुनियाँमा एक ठूलो नाम थियो। उनले ‘चिठ्ठी आयी है’ गजलबाट प्रसिद्धि पाएका थिए । यो गजल सन् १९८६ मा रिलिज भएको फिल्म ‘नाम’ मा समावेश गरिएको थियो । पंकजले 'ये दिल्लगी', 'फिर तेरी कहानी याद आयी', 'चले तो काट ही जायेगा' र 'तेरे बिन' जस्ता धेरै गजलहरूलाई आफ्नो आवाज दिएका छन्।
पंकजले गायनमा आफ्नो क्षमता प्रमाणित गरेर उत्कृष्ट आवाजका लागि धेरै पुरस्कारले सम्मानित भएका थिए । यसमा पद्मश्री (2006), महाराष्ट्र गौरव पुरस्कार (2012), फिल्मफेयर पुरस्कार (1988) फिल्म 'नाम' को गीत 'चिठी आयी है' को लागि उत्कृष्ट पार्श्व गायक श्रेणीमा समावेश छ। यसबाहेक उनले एल.एस. गाल पुरस्कार (1985), संगीत नाटक अकादमी पुरस्कार (2003) र भारतीय फिल्म र टेलिभिजन एकेडेमी (IIFA) पुरस्कार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार