‘ललिता निवासको जग्गा सरकारी बाहेक अन्यको हुनै सक्दैन’ : सभापति देउवा
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार २१:२३:१६
बिर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोड्न नमिल्ने बताएका छन् ।
उनले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको स्पष्ट पार्दै जग्गामा व्यक्तिको नाम जोड्न नमिल्ने बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गरेका छन् ।
उनले उक्त जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा-नातिको हुनुपर्ने जिकिर गरे । ‘प्रधानमन्त्री निवास, बालुवाटारको ललिता निवास र सभामुख निवास रहेको जमिन सुवर्ण शम्शेरको हो । सरकारले उक्त जमिन अधिग्रहण गरेर प्राप्त गरिसकेको छ’ देउवाले भने ।
देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने बताए । उनले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेशलगायत समितिहरु पार्टीभित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने विश्वास दिलाए । तर, पार्टी विधानअनुसार गठन गर्न बाँकी सबै समितिहरु आगामी महाधिवेशन अगावै गर्ने कि अहिलेकै अवस्थामा अघि बढ्ने भन्नेबारे अहिले नै आफूले केही भन्न नसक्ने बताए ।
‘विधानअनुसार समितिहरु गठन गर्न जरुरी छ । ती समितिहरु गठन गर्दा सबैलाई समेटेरै गठन गर्ने हो । तर, समितिहरु महाधिवेशन अगावै गठन गर्ने कि महाधिवेशनसम्म यसरी नै अघि बढ्ने भन्ने कुरा संक्रमणकालिन अवस्थामा रहेकाले अहिले नै यो विषयमा म केही भन्दिन ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार