टेरामक्स प्रकरणमा पुर्व र बहालवाला मन्त्रीसहितका अधिकारीविरद्ध विशेषमा मुद्दा दायर गरिँदै
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १६:३६:४८
१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व र वहालवाला मन्त्रीसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । टेरामक्स प्रकरणमा बयान लिने काम सकिएपछि मुद्दा चलाउने तयारीमा अख्तियार पुगेको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस, अडियो प्रकरणको पनि छानबिन सकिएको छ । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बाँस्कोटाले राजीनामा दिएका थिए । यी सबै विषयलाई अख्तियारले एकसाथ अघि बढाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएर मुद्दा बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । यो प्रकरणमा खरिद प्रक्रिया सुरु भएयताको मन्त्रीदेखि सहसचिवसम्मलाई विपक्षी बनाएर मुद्दा दर्ता गराउने अन्तिम रहेको राईले बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । सो छलफलमा उनले टेरामक्स खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन मुद्दा बनाउने काम भइरहेको जानकारी दिएका थिए । उनले केही समयमा नै यसको रिजल्ट आउट हुने बताए ।
टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग बयान लिएको थियो । पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने सुटुक्क अख्तियार पुगेर बयान दिएका थिए । प्रमुख राजनीतिक दलबीच तत्काल टेरामक्सको विषय अगाडि नबढाउने सहमति गरेका थिए । तर त्यो सहमति राष्ट्रिय सभाको निर्वाचनका क्रममा भाँडिएको बताइएको छ ।
एमालेलाई राष्ट्रिय सभामा मागेजति सीट दिन गठबन्धन तयार नभएपछि दलहरूबीच भएको टेरामक्स प्रकरणलाई हाल नचलाउने भनेर भएको सहमति भाँडिएको हो । टेरामक्समा कांग्रेसका मन्त्रीहरूलाई टार्गेट गरिएको छ । कांग्रेस र माओवादी भने अख्तियार प्रमुखले टेरामक्सको मुद्दा अगाडि बढाएमा नक्कली शरणार्थी प्रकरणमा राईलाई अप्ठ्यारो बनाउने भन्दै एमालेलाई चेप्न खोजेका थिए । टेरामक्स अगाडि बढ्दा एमालेका गोकुल बाँस्कोटा पनि मुछिने सम्भावना छ ।
तर, आजको छलफलमा राईले यी राजनीतिक विषय भने उठाएका थिएनन् । उनले हाल आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए । उनले तीमध्ये कतिपय उजुरीका आधारमा मुद्दा दायर गरिएको पनि बताए । अख्तियारले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ थियो ।
अख्तियारमा जनशक्ति अभाव रहेको पनि राईले बताए । उनले कर्मचारी अख्तियारमा दुई वर्ष बसेपछि थप बस्न नमान्ने गरेको बताए । त्यस्तै, वाइड बडी जहाज खरिद प्रकरणको अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । उक्त प्रकरणमा अन्य मुलुकबाट सूचना लिनका लागि सम्बन्धित देशसँग सरकारले सहमति गरि दिनुपर्ने बताए । मुलुक बाहिरबाट पनि भ्रष्टाचार हुने गरेकाले सरकारले द्विपक्षीय सहमति गर्नुपर्ने उनको भनाइ थियो ।
टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स प्रकरणमा संलग्नको बयान लिने काम सकिएको उनले जानकारी गराए । यो विषयमा अब छिटै टुंगोमा पुगिने उनको भनाइ छ । उनले सुरक्षण मुद्रण केन्द्र अन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेको थियो । सुरुदेखि नै विवादित यो योजनामा चरम भ्रष्टाचार भएको भन्दै संसदीय समितिको सिफारिसमा अख्तियारले अनुसन्धान थालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार