जाल्पा सामुदायिक र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न बोलाए एजीएम
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार ११:२४:३२
१५ फागुन, काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न चैत ९ गते साधारण सभा बस्ने भएको छ। यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन्।
किसान लघु वित्त र जाल्पा सामुदायिक लघु वित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ। त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज हुनेछ । जाल्पा सामुदायिकको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ। यता, किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार