हिमालयन रिइन्स्योरेन्सको साधारणसभा कहिले ?
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:३६:३७
१८ फागुन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। सभा, आइतबार फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
साधारण सभामा कम्पनीले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम् चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो।
त्यसैगरी, बोनस शेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाममा ६५७ मतका साथ कांग्रेसका खड्का अगाडि
बैशाख १६, २०८१ आइतबार
नेपालले पाँचौ विकेट गुमायो
बैशाख १६, २०८१ आइतबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार