कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा छैन : अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार २१:५९:५७
१८ फागुन, लेखनाथ 'कास्की' । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने–“जनताको चाहना राज्यका हरेक क्षेत्रमा हुने आर्थिक अनियमितता अन्त्य हुनुपर्ने रहेकाले कांग्रेसले जनताको भावनालाई बुझेर नेतृत्व गर्दै देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक छ ।”
नेपाली जनतामा रहेको भ्रमलाई चिर्न पनि कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाइ थियो । देशमा भएका ठूलठूला भ्रष्टाचारका घटनाको पर्दाफास गर्न आवश्यक भएको उल्लेख गर्दै नेता केसीले राजनीतिक दलप्रति जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
“पछिल्लो समय अदालतबाट न्याय सम्पादन सही रुपमा नभएको भन्ने गुनासा आएका छन्, यसप्रति सरकार सचेत हुन जरुरी छ,” नेता केसीले भने, “दोषीलाई उम्कने अवस्था अदालतबाट सृजना गर्न हुँदैन ।”
देशमा आर्थिक मन्दीको चुनौतीसँगै बेरोजगारी खडा भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । जनताको निराशा केही हदसम्म भए पनि समाधान गर्नुपर्ने नेता केसीको भनाइ थियो । कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको उनले बताए । “जनतामाझ गठबन्धन सरकारले पाँच वर्ष शासन चलाउने वाचा गरेकाले त्यस्तो गठबन्धन तोड्ने पक्षमा कांग्रेस छैन,” उनले भने, “त्यसप्रति कांग्रेस गम्भीर छ ।”
राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले आफ्नो उम्मेदवारका रुपमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाएको नेता केसीले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार