रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार ११:७:५
२० फागुन, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका थिए ।
यस अघि खेलको ३० मिनेटमा २-० ले पछि परेको रियल म्याड्रिडलाइ भिनिसियस जुनियरले २ गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै भलेन्सियाका लागि भने हुगो डुरो र रोमन यारेमचुकले एक एक गोल गरेका थिए । खेलपछि रियल म्याड्रिडले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनौठो घटना भनेको छ ।
यो बराबरीपछि रियल म्याड्रिडको २७ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी भलेन्सियाको भने २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार