२३ फागुनमा शिव पार्वती रथ यात्रा हुने
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १३:५६:३
२१ फागुन, काठमाडौं । फागुन २३ गतेका दिन १४ औं शिव पार्वती रथ यात्रा हुने भएको छ । मानव कल्याण आध्यात्मिक प्रतिष्ठान, केन्द्रीय समिति परिवार र श्री कलममसी कल्पेश्वर महादेब तथा कालिकादेवी मन्दिर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथ यात्रामा हजारौंको संख्यामा भक्तजनहरू सहभागी हुने भएको हो ।
सो अवसरमा मानव कल्याण आध्यात्मिक प्रतिष्ठानद्धारा आयोजित विशाल शिव पार्वती रथ यात्रा तथा चाँगुनारायण नगरपालिकामा अवस्थीति १०८ फिट अग्लो कल्पेश्वर महादेब स्थापना स्थलमा समापन समारोह हुने भएको हो । सो दिन महामृत्यंजय होम, चिरशान्ति होम, पितृमोक्ष होम, कल्पेश्वर कार्यसिद्धि होम हुने मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव तान्त्रिक बुद्धिकुमार गुरुले बताएका छन् ।
सहभागी हुन चाहने भक्तजनहरूका लागि फागुन २३ गतेका दिन ललितपुरको बालकुमारी मन्दिरबाट बिहान ८ बजेदेखि बसको सुविधा पनि गरिएको गुरुले बताएका छन् । उनले सो दिन भक्तजनहरूका लागि रथयात्रा बिर्सजन समारोह स्थल कलममसीमा प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको बताए । मानव कल्याण प्रतिस्थानले भक्तपुरको कलममसीमा १ सय ८ रोपनी क्षेत्रफलमा कल्पेश्वर महादेवको १०८ फिट अग्लो मुर्ति बनाइरहेको छ ।
साथै सो क्षेत्रमा प्रतिष्ठानले बुद्ध, मायावती, बुद्धका ७ पाइला र १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मुर्ति समेत राखिन लागेको जनाएको छ । खासगरी हिन्दु धर्मावलम्बीहरूलाई धार्मिक प्रेरणा जगाउन र सो क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन समेत गर्न मुर्ति बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । मुर्ति निर्माण कार्य तीव्र रहेको र सोको उद्घाटन आगामी दुई वर्ष भित्रै गरिने गुरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार
एलन मस्क बेइजिङमा
बैशाख १६, २०८१ आइतबार
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार