केन्द्रको गठबन्धनले प्रदेशमा हलचल, राप्रपा निर्णायक शक्ति
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १२:३०:५८
२२ फागुन, काठमाडौं । संघीय सरकारमा आएको फेरबदलसँगै प्रदेशमा पनि यसको असर देखिएको छ । संसदको ठूलो दल नेपाली कांग्रेससँगको गठबन्धन भत्किएसँगै सबै जसो प्रदेशमा नयाँ सरकार गठन हुने अवस्था देखिएको छ । कोशीमा नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । प्रदेशसभामा ९३ मध्ये एमाले ४०, माओवादी १३ र जसपा एक सीट भएकाले नयाँ सरकार बनाउन कठिन छैन ।
कोशीमा कांग्रेसका २९, राप्रपाका ६ र एसका ४ सांसद छन । तर कोशी सरकारका मुख्यमन्त्री केदार कार्कीले अहिले नै सरकार छाडिहाल्ने अवस्था छैन । उनले राजीनामा नदिने बताइसकेका छन् । एमालेकै सहयोगमा मुख्यमन्त्री भएका कार्कीले राजीनामा नदिँदा त्यहाँ सरकार संवैधानिक संकट आउने बताइएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिसकेको छ ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेका मुख्यमन्त्री अल्पमतमा परेकाले तुरुन्तै राजीनामा दिनुपर्ने तर्क गरेका छन् । ‘केदार कार्कीलाई हामीले मुख्यमन्त्री बनायौँ तर उहाँले धोका दिएर गठबन्धनमा सामेल हुनुभयो । अब त्यो गठबन्धन नै भत्किएपछि उहाँ मुख्यमन्त्री पदमा बसिरहन मिल्दैन,’ उनले भने । कोशीमा एमालेकै समर्थनमा कार्की गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए । एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । कार्की कांग्रेस नेता डा. शेखर कोइरालानिकट हुन् ।
अहिले केन्द्रमा पनि माओवादी केन्द्र र एमालेसहितको गठबन्धन बनेको छ । यो अवस्थामा कार्कीले राजीनामा दिनुपर्ने तर्क एमालेले गरेको छ । एमालेको साथ लिएर मुख्यमन्त्री बनेका कार्की पछि सत्ता गठबन्धनमै फर्किएका थिए । कार्कीको यो कदमलाई एमालेले धोकाका रुपमा बुझेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरूलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
मधेशमा एमालेसँग २३, जसपासँग १८ र माओवादीसँग ९ सीट छ । यसरी १ सय ७ सदस्यीय प्रदेशसभामा यो गठबन्धनको ५० सीट मात्र पुग्छ । सरकार बनाउन यो गठबन्धनलाई थप चार सीट आवश्यक पर्नेछ । त्यसैले गठबन्धनलाई ७ सीट भएको एकीकृत समाजवादी, १३ सीट भएको जनमत वा ९ सीट भएको लोसपामध्ये कम्तीमा कुनै एक दलको समर्थन आवश्यक पर्छ । त्यसो त स्वतन्त्र ३, संघीय समाजवादीको एक, नागरिक उन्मुक्तिका ३ सीट जम्मा गर्ने कठिन काम पनि गठबन्धनले गर्न सक्छ । मधेशमा कांग्रेसकाे २३ र राप्रपाको एक सीट छ । मधेशमा सिके राउत र उपेन्द्र यादवबीच मुख्यमन्त्रीमा दावी चलिरहेको छ । त्यहाँ पनि सत्ता गठबन्धनमा आएको खटपटको स्पष्ट चित्र देखिएको छ ।
वाग्मतीमा अहिले माओवादी नेतृत्वको सरकार छ, जहाँ एमालेसँग २७ र माओवादीसँग २१ सीट छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सीट आवश्यक छ । त्यसैले गठबन्धनलाई एकीकृत समाजवादीले ७ सीट दिए पनि सरकार बनाउन गाह्रो हुन्छ । यहाँ नेमकिपा (३) र हाम्रो नेपाली पार्टी (२) सीट पनि आवश्यक पर्नेछ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सीट छन्, त्यसैले केही गठजोड गरेर उनीहरूले सरकार बनाउने सम्भावना रहन्छ । त्यहाँ कांग्रेसले बलियो सहयात्री लिएर सरकार गठन गर्ने संभावना रहेको छ । त्यस्तै गण्डकीमा अहिले कांग्रेस सरकार छ । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बचाउन कांग्रेसलाई कुल ३१ सीट आवश्यक पर्छ । कांग्रेस आफैंसँग २७ सीट छ भने राप्रपाले दुई सीटमा समर्थन गर्न सक्छ । तर त्यो पनि अपूरो हुनेछ । गण्डकीमा एमालेका २२, माओवादीका ८ र एकीकृत समाजवादीका एक सांसद छन । उनीहरूले पनि जोखिमपूर्वक सरकार बनाउन सक्छन् ।
लुम्बिनीमा पनि कांग्रेस नेतृत्वको सरकार छ । यहाँ एमाले २९, माओवादी ११ र जसपा ३ मिलेर कुल ४३ सीटका साथ सरकारको नजिक पुग्न सक्छन् । तर सरकार बनाउन ४४ सीट आवश्यक पर्छ । यहाँ जनमोर्चा र एसको एक/एक सीट छ । लुम्बिनीमा उन्मुक्ति पार्टीका ४, लोसपाका ३ सांसद छन् भने एक स्वतन्त्र छन । कर्णालीमा ४० सदस्यीय प्रदेशसभा छ । यो प्रदेशमा अहिले माओवादी नेतृत्वको सरकार छ । यो सरकार जोगाउन माओवादीका १३, एमालेका १० सांसद पर्याप्त हुन्छन् ।
कर्णालीमा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ सीट आवश्यक पर्छ । माओवादीको ११ र एमालेको १० सीट गरी २१ सीट छ । सरकार बनाउन त्यहाँ ७ सीट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक हुन्छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रमेश चौधरीले सरकारमा सहभागी हुन आफ्नो पार्टी सकारात्मक रहेको बताए । तर, उसले सुदुरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दावी गरेका छन् । खासगरी प्रदेश सरकार बनाउनका लागि नयाँ गठबन्धनलाई राप्रपा निर्णायक हुने देखिएको छ । तर संघीय सरकारमा राप्रपालाई साथ लिइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार