बर्षमान अर्थमन्त्री बन्ने हल्लाले शेयरबजार राताम्मे, प्रचण्डलाई रातो कार्ड
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १७:९:७
२२ फागुन, काठमाडौं । नयाँ अर्थमन्त्रीका रुपमा माओवादीका उपमहासचिवसमेत रहेका बर्षमान पुन आउने भएपछि शेयरबजार आज राताम्मे भएको छ । एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल नयाँ गठबन्धनको अर्थमन्त्री हुने हल्लाका बीच हिजो सेन्चुरी मारेर तीन पटकसम्म सर्किट लागेको शेयरबजारले बर्षमान पुन अर्थमन्त्री हुने लगभग पक्का भएपछि राताम्मे हुँदै हाफ सेञ्चुरीको ओरालो यात्रा तय गरेको छ । माओवादीका पुन अर्थमन्त्री हुने हल्लाका पछि लगानीकर्ताहरु निराश देखिएका छन् ।
अर्थतन्त्रका जानकारहरु यसलाई प्रधानमन्त्री प्रचण्ड सरकार र उनका मन्त्रीलाई बजारले रातो कार्ड देखाएको बताउँछन् । प्रधानमन्त्री प्रचण्डले नक्कली शहिदको नाम थपेर तथा द्धन्द्ध पीडितलाई थप राहत दिने लगायतका अनेकन् बहानामा सरकारी कोषको दुरुपयोग गर्न खोज्दा निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले रोकेपछि चिढिएका प्रचण्डले जसरी पनि बर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहेका हुन् । नयाँ गठबन्धन गर्दा नै प्रचण्डले अर्थ मन्त्रालय आफ्नै पार्टीले राख्ने बरु एमालेलाई रोजेको मन्त्रालय दिने बताएका थिए ।
हुन त पुन वर्तमान एमाले माओवादी गठबन्धनका सुत्राधार पनि मानिन्छन् । चीन निकट पुनलाई अर्थ मन्त्रालयको बागडोर सुम्पिएर प्रचण्डले सम्झौता भएर पनि लामो समयदेखि कार्यान्वयनमा नगएको बीआरआईलाई तीव्रताका साथ कार्यान्वयनमा लाने तयारी गरिएको छ । वर्तमान गठबन्धनको प्रमुख सुत्राधारका रुपमा व्याख्या गरिएको चीनले बीआरआई लागु गर्न जोड दिँदै आएको थियो ।
चरम आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण धर्मराउँदै गएको अर्थतन्त्रको ढुकुटीको चावी प्रधानमन्त्री प्रचण्डले आफ्ना विश्वासपात्र वर्षमानलाई जिम्मा लगाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेका छन् । विगतमा माओवादी कै अर्का नेता जनार्दन शर्माले ध्वस्त पारेको देशको अर्थतन्त्र यस निर्णयले थप बिग्रने निश्चित प्रायः छ ।
शेयरबजारले पुनलाई रातो झण्डा देखाइसकेको अवस्थामा उनी अर्थमन्त्री भएको खण्डमा अर्थतन्त्रले थप चुनौतीहरूको सामना गर्नुपर्ने छ । प्रधानमन्त्रीको स्वार्थ अनुसार काम गर्दा मन्दी उन्मुख अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उनी असक्षम ठहरिने छन् । निजी क्षेत्रले पटक्कै विश्वास गर्न छाडिसकेको माओवादी र प्रधानमन्त्रीका निजी स्वार्थ पूरा गर्न लाग्दा अर्थतन्त्र थप लथालिङ्ग हुनेछ । आन्तरिक र बाह्रय स्रोतको चरम अभाव भइरहेका बेला प्रधानमन्त्रीका वितरणमूखी कार्यक्रम तथा छोरी बुहारी र ज्वाई लगायतका कोटरीको व्यवस्थापन पुनका लागि फलामको चिउरा चपाए सरह हुने देखिन्छ ।
देशमा आर्थिक गतिविधि ठप्प प्रायः रहेको छ । सरकार कर्मचारीहरूलाई तलब भत्ता खुवाउन सकिरहेको छैन भने सीमा भन्दा बढी आन्तरिक ऋण उठाएर दैनिक खर्च चलाइरहेको छ । चोरी पैठारी र तस्करीले प्रसयः पाउँदा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिरहेको छैन । बजेटमा उल्लेखित पुँजीगत खर्च गर्न सरकारसँग पैसाको अभाव भएपछि हालसम्म स्थानीय तहमा विनियोजित बजेट पठाउन पनि सरकार असर्मथ छ । यसले सरकारको आम्दानीभन्दा अनिवार्य दायित्व बढी हुन पुगेको छ । जसले गर्दा विकास निर्माणका काममा असर त पुगेको छ नै केही समय यस्तै अवस्था रहे सरकारले कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था रहँदैन ।
अर्थतन्त्रको सामान्य ज्ञान समेत नभएका पुन यसअघि २०६८ भदौ १८ देखि २०६९ चैत १ गतेसम्म अर्थमन्त्री भएका थिए । त्यो बेला पनि शेयरबजारले उनलाई रातो कार्ड देखाएरै बिदा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार