पाकिस्तानमा महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदै
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार ११:३७:३४
२५ फागुन, इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ । त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरू वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।
इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिएका हुन ।
‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहोर आइपुगेका छन, ‘ईटीपीबीले लाहोरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’
प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरूको सहभागिता रहने छन । उनका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए ।
पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ। यो मन्दिर पाकिस्तानको पन्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ। आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार