आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १३:१९:१३
२५ फागुन, काठमाडौं । आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ ।
रेखा थापाले निर्माणसँगै अभिनय गरेको चलचित्र ‘उपहार’ मा काठमाडौंमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताए ।
“चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ”, अभिनेत्री थापाले भनिन्, “मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौंमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।”
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गरेका छन् । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् ।
आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गर्नुभएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् ।
चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताए । “हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ”, उनले भने, “यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।”
अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताए । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भने ।
प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिए ।
उनले भने, “राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।”
चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार