विवाहको लागि हिँडेको स्कार्पियो दुर्घटना, यात्रु सकुशल
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १४:३७:३६
२५ फागुन, अर्घाखाँची । वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो दुर्घटना भएको छ । जिल्लाको पाणिनी गाउँपालिका –७ अड्गुरीमा दुर्घटना भएको स्कार्पियोमा सवार ७ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
घुम्टी दुर्गाफाँट सडक खण्डको भञ्ज्याङ्नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । गाडीमा सवार सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । स्कार्पियोमा क्षति भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुदेखि अर्घाखाँचीको दुर्गाफाँटसम्म वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो ब्रेक फेल भइ दुर्घटना भएको चालकको भनाइ छ । गाडीमा चालकसहित ७ जना सवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार