राष्ट्रिय सभामा एमाले उदासीन, अर्यालले नछाड्ने भएपछि माओवादीको विवाद उत्कर्ष
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १४:११:३०
२६ फागुन, काठमाडौं । सत्तामा आएको फेरबदलसँगै नेकपा एमालेले माओवादीलाई सहजै राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय छाडिदिएको छ । एमालेले गठबन्धन सहज होस भन्ने हेतुले अर्थ मन्त्रालयमा वर्षमान पुन गएका छन्।
एमालेले आफूलाई भन्दा पनि गठबन्धनलाई सहज बनाउने कोसिस गरिदिएको नेताहरूले प्रारम्भिक दावी गरेपछि राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने बारेमा माओवादीभित्र एक प्रकारको विवाद सिर्जना गरिदिएको छ । वर्षमान पुनले आफूलाई भावी निर्वाचनमा सहज हुने गरी झक्कु सुवेदीलाई अघि बढाउन खोजेका छन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै भाई नारायण दाहाललाई अघि सार्न खोजेका छन् ।
यस्तै उर्मिला अर्यालले आफू अध्यक्ष नहुने हो भने गठबन्धनकै लागि भनेर उपाध्यक्षबाट राजीनामा नदिने भएकी छिन् । ‘पहिलो हकदार म हुँ नत्र राजीनामा दिन्न’, प्रचण्डलाई अर्यालले यस्तो सन्देश दिएकी थिइन । संवैधानिक परिषदमा एक महत्वपूर्ण सदस्य हुने हुँदा माओवादी राष्ट्रिय सभा अध्यक्षकै निम्ति गठबन्धन तोड्न तयार भएको देखाउन पनि अध्यक्षमा रस्साकस्सी चलेको हो । यद्यपि कांग्रेसले माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष छाड्न तयार भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भाइसमेत रहेका नारायण दाहाल ०७८ फागुन २५ गते राष्ट्रिय सभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । अर्याल ०७८ माघमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । उनी ०७९ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध चयन भएकी थिइन् । एमालेले उपाध्यक्ष पाउने सहमति भएपछि उनले उपाध्यक्ष पद गुमाउने निश्चित छ ।
उपाध्यक्ष पद पनि गुमाउने र मन्त्री बनाउने ठाउँ पनि बाँकी नरहेकाले उनी अध्यक्ष बन्ने लागिपरेकी छिन् । तर माओवादीहरुले सबैभन्दा लामो समय सुवेदीकै भएकाले उनलाई बनाउनु पर्ने भन्दै लबिङ गर्न थालेका छन् । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते गर्ने तयारी भएको छ ।
२९ गतेका लागि चुनावको मिति घोषणा गरिने र २८ गते मनोनयन दर्ताको कार्यक्रम तोक्ने बताइएको छ । संसद सचिवालयको क्यालेन्डरमा पनि २९ गते राष्टियसभाको अध्यक्ष निर्वाचन गर्ने उल्लेख गरिएको छ । ६ वर्षे कार्यकाल पूरा गरेर फागुन २० गतेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदाइ भएपछि रिक्त पदमा चुनाव हुन लागेको हो ।
नयाँ सत्ता समीकरण बनेपछि फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच भएको समझदारी ८ बुँदे अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनेछ । उपाध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको सहज बहुमत छ । ५९ सदस्यीय राष्ट्रिय सभामा एकजना मनोनीत गर्न बाँकी छ ।
जुन सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नेछन् । राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एकजना मनोनीत र राष्ट्रिय सभा उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादीसँग ८, जसपाका ३ सांसद छन् । सत्ता समीकरण अनुसार अहिलेको सत्ता साझेदार तेस्रो रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । यसरी हेर्दा राष्ट्रिय सभाका उपाध्यक्षसहित ३९ सांसद सत्तारुढसँग छ ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । जित सहज हुने भएपछि माओवादीका नेताहरूले आफ्नो ढंगले लबिङ गरिरहेको छ । ‘एमालेलाई खास मतलब छैन माओवादीलाई दिइसकेका छौ, ’ एमालेका एक नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार