गत वर्ष ‘बोआओ’ बहिष्कार गरेका प्रचण्डलाई यसवर्ष चिनियाँ निम्तोमा ढिलाई
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार २३:४५:३३
२६ फागुन, काठमाडौं । अघिल्लो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिष्कार गरेपछि यस वर्षको एसियाका लागि बोआओ मञ्च (बीएफए) को वार्षिक सम्मेलनमा निम्तो पाएका छैनन् । आगामी चैत १३–१६ गतेसम्म दक्षिण चीनको हैनान प्रान्तको बोआओमा हुने सम्मेलनमा प्रचण्डलाई अहिलेसम्म निम्ता नआएको स्रोतले जनाएको छ ।
यस वर्ष सम्मेलन अन्तर्राष्ट्रिय समुदाय विद्यमान चुनौतीलाई सामना गर्दै उत्तरदायित्त्व लिन कसरी मिलेर काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ । एसिया र विश्वले सामना गरिरहेको मुख्य विकास चुनौतीमाथि छलफल गर्दै यस बीच अन्तर्राष्ट्रिय सहयोगलाई सहजीकरण गर्नु मुख्य लक्ष्य हुने जनाइएको छ ।
गत वर्ष भारत र चीनसँग सीमाना जोडिएको नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्ली र बेइजिङले भ्रमणमा निम्त्याउनु खासै नौलो थिएन । तर आफ्नो तेस्रो कार्यकाल सुरु गर्दा नै पहिलो विदेश भ्रमण भारतबाट गर्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेपछि पहिलो भ्रमणको निम्तो चीनबाट आएको भएपनि त्यसलाई टारेर भारत भ्रमणमा पुगेका थिए ।
अहिले भने प्रचण्ड सहभागी हुने एकिन गरेर मात्रै निम्ता दिने चिनियाँ दूतावासले जनाएको छ । ‘नेपालमा राजनीतिक घटनाक्रमहरू बद्लिएका छन् त्यही क्रममा सम्मेलनको निम्ता दिइनेछ’ चिनियाँ दूतावास स्रोतले भन्यो । संवाद र सहयोग, विचारहरूको आदानप्रदान, नवप्रवर्तनका उपायको खोजी तथा क्षेत्रीय साझेदारीलाई बढावा दिँदै एसियाको अर्थतन्त्रको एकीकरणलाई प्रबर्द्धन गर्ने उद्देश्यले चीनमा कार्यालय रहेको अन्तर्राष्ट्रिय संस्थाको सम्मेलनमा विभिन्न देशका राष्ट्रिय नेता, सरकारी अधिकारी, व्यवसायी, विभिन्न विषयका विज्ञ र सञ्चारमाध्यमहरू समारोहमा सहभागी हुने छन् ।
एसिया र अस्ट्रेलियाका २५ देशको पहलबाट स्थापित भई सन् २००१ देखि सुरु भएको बीएफएमा एसिया प्रशान्तका ३० राष्ट्रले भाग लिँदै आएका छन्, जसको सचिवालय राजधानी बेइजिङमा छ । सन् २०२० मा कोरोना महामारीबाहेक हरेक वर्ष सम्मेलन हुँदै आएको छ । पूर्वको डाभोस भनिने एसियाको बोआओ मञ्चमा प्रमुख सम्झौतामा हस्ताक्षर, व्यवसाय र सरकारी वृत्तका प्रतिनिधिको स्थितिको समन्वयसम्बन्धी काम हुन्छन् । अघिल्लो वर्ष प्रचण्डलाई बोआओ फोरममा उपस्थितिको लागि राजदूत आफैले निम्तो दिएका थिए ।
नेपालमा कार्यभार लिएर आएका चिनियाँ राजदूत चेन सोङले गत वर्ष फागुनको १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिएका भएपनि उनले सरकार बनेपछि पहिलो विदेश भ्रमण चीनबाट शुरु गरेको अर्थ लाग्ने भएर रोकेका थिए । गत वर्ष मार्च २८–३१ सम्म चीनको हैनान प्रान्तमा बोआओ फोरममा ५० देशका २ हजार बढी सहभागी भएका थिए ।
फोरममा सिंगापुरका प्रधानमन्त्री लि सिएन लोङ, मलेसियाका प्रधानमन्त्री दातुक सेरी अन्वर इब्राहिम, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस, आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिभालगायत उपस्थित भएका थिए । स्विट्जरल्याण्डमा चल्ने डाभोस् तहकै एसियाली मञ्चको रुपमा चीनले विकास गरेको बोआओ फोरम फर एसिया चीनको सानो शहर बोआओको नाममा राखिएको हो । सन् २००१ मा चीनसहित २९ देश मिलेर स्थापना गरेको बोआओ फोरम फर एसियालाई एसियाको स्थापित मञ्च बनाउने चिनियाँ प्रयत्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार