कांग्रेसको बुढानीलकण्ठ बैठकमा राष्ट्रियसभा अध्यक्ष बारे छलफल नै भएन
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १२:३१:५२
२६ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उम्मेदवारका विषय छलफल गर्न भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकले पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्न सकेन ।
यद्यपि बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय भने गरेको छ । बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको नेता अर्जुन नरसिंह केसीले नेपालबहसलाई जानकारी दिए ।
उनले विपक्षमा रहेका अन्य दलसँग छलफल र कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित सांसदहरुसँगै छलफल गरेर मात्र उम्मेदवारका विषय निर्णय लिने केसीले बताए । उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय सभाका सदस्यको बैठक बोलाउने तयारी छ । २९ गते राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारी दर्ता हुने मिति तय भइसकेको छ ।
सत्ता गठबन्धन कायमै रहुञ्जेल कांग्रेसबाट नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारीमा कांग्रेस थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितका दलसँग गठबन्धन गरेपछि कांग्रेस भित्र पनि अब राष्ट्रिय सभाको अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने चर्चा सुरु भएको छ ।
गठबन्धन नहुँदा राष्ट्रिय सभाको अध्यक्ष बन्न नसकिने भएपछि यसअघि सम्भावित उम्मेदवार मानिएका कृष्णप्रसाद सिटौलाले पनि अनिच्छा देखाउन थालेका छन् । उनी राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनेर पराजित हुने मनस्थितिमा छैनन् । सिटौला उम्मेदवार बन्न नमान्दा कांग्रेसका अर्को उम्मेदवार खोज्नुपर्ने छ । यसबारे राष्ट्रिय सभाका सांसदसँगको बैठकपछि निर्णय हुने नेता केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार