कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न देउवाले बोलाए बैठक
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १४:१५:१७
२७ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने छलफलका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज ४ बजे धुम्बाराहीमा बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेसबाट यसअघि कृष्णप्रसाद सिटौलाको नाम आएको भएपनि अब परिस्थिति फेरिएको छ ।
उनले पनि हार खानुपर्ने अध्यक्षको उम्मेदवार नबन्ने संकेत गरेका छन् । यत, संसदीय दल कार्यसमितिले पनि पूर्णता पाएको छैन । संसदीय दलको कार्यसमितिमा हाल सभापति शेरबहादुर देउवा, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक छन् । यसअघि उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी हुँदै आएका थिए । आजबाट सिटौला पनि सहभागि हसनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार