महिलाहरु अझै सामाजिक विभेद र मानवीय यातनाकाबिरुद्धमा लडन आवश्यक छ: उपप्रमुख रेगिना
यज्ञप्रसाद भट्टराई
फागुन २८, २०८० सोमबार १३:५३:२५
२८ फागुन, झापा । दमक नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा उद्यमी महिलाहरूका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाले नगरभित्र रहेका विभिन्न महिलाहरूलाई आर्थिक तथा प्राविधिक सहयोगमा विगत वर्षमा बनेका उद्यमी महिलाहरूले आफूले के कस्ता गतिविधिहरू सञ्चालन गरिरहेका भन्ने बारे जानकारी लिन कार्याक्रम राखेको हो ।
नगरपालिकाको महिलामा भएको लगानीको कस्तो प्रभाव परिरहेको छ ? कस्तो प्रतिफल प्राप्त भइरहेको छ ? भन्ने विषयमा स्वयं उद्यमी महिलाहरूकै मुखबाट उनीहरूका उन्नति प्रगति समस्या तथा चुनौतीहरूको विषयमा जानकारी लिने उद्देश्य राखेर र आगामी दिनमा महिलाहरूका लागि कस्तो विषयमा लगानी गर्न सकिन्छ ? भन्ने विषयमा सुझाव संकलन समेत गर्न यो कार्यक्रम आयोजना गरिएको दमक नगरपालिकाको निमित्त प्रमुख पद समेत सम्हालिरहेकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताइन् ।
विगत वर्षहरूमा दमक नगरपालिकाले प्रभात फेरि, अन्तरक्रिया कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रचलनलाई परिवर्तन गरी यसपटक महिलामा गरिएको लगानीको महिलाकै मुखबाट प्रगति बुझ्ने कार्यक्रम राखिएको उपप्रमुखका स्वकिय सचिव दिपेश दाहालले बताए ।
सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत महिला सशक्तिकरण र स्वरोजगारका पक्षमा नगरपालिकाले लाखौं रकम खर्च भइरहँदा त्यसको प्रतिफल के भइरहेको छ ? भन्ने दमक नगरभित्रका सरोकारवाला निकायहरूको प्रश्नलाई समाधान गर्न र महिला उद्यमीहरूको वर्तमान वस्तुस्थिति बुझ्न यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दमक नगर पालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत सरिता भण्डारीले बताइन् ।
दमक नगर पालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रम दमक नगरपालिकाले सामाजिक विकासका कार्यक्रम अन्तर्गत ब्युटी पार्लर, सिलाई कटाई, ढाका तान उद्योग, अगरबत्ती बनाउने तालिम, साबुनको झोल बनाउने तालिम मैनबत्ती बनाउने तालिम, अर्गानिक कपुर धुप बनाउने तालिम, महिलाहरूले नौमती बाजा बजाउने तालिम, अपाङ्गता उद्यमशील रोजगारी अन्तर्गत होजियारी सम्बन्धी तालिम लगायतका तालिमबाट सहभागीहरुले सिकेका कुराहरु, उनिहरुलाई ब्यक्तिगत, घरपरिवार र समुदायमा पुगेको सहयोग र सामाजिक क्षेत्रमा प्राप्त सम्मानका बिषयमा सहभागीहरूले आ–आफ्ना धारणा र अनुभव आदानप्रदान गरेका थिए ।
दमक नगरपालिका निमित्त नगर प्रमुखको जिम्मेवारी समेत सम्हालिरहेकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता दमक नगर पालिकाकी सामाजिक बिकाश शाखा प्रमुख शारदा सापकोटा भट्टराईले गरेकी थिइन । प्रमुख अतिथिका रूपमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला, अतिथिहरु इलाका प्रहरी कार्यालय दमकका प्रमुख, सबै वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु, सञ्चारकर्मी उद्योग वाणिज्य संघ दमकका प्रतिनिधि, विभिन्न राजनीतिक दल सम्बद्ध महिला सङ्घका प्रतिनिधिहरू, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष मन्धरा पौडेल रहेका थिए ।
यसैगरी मिलिजुली महिला जागरण संघ, हातेमालो महिला सरोकार समाज, नारी विकास सङ्घ, नारी सशक्तिकरण, उज्यालो नेपाल, कारितास नेपाल, एल.डब्लु. एफ. जेष्ठ नागरिक सम्मान प्रतिष्ठान, दमक जेष्ठ अभिभावक सम्मान प्रतिष्ठान, रोटरी क्लब अफ दमक, नगर एकल महिला समाज, नगर बाल सञ्जाल, स्वास्थ्य स्वयंसेविका, असहाय मानव सेवा, समाजसेवी होम बानिया, सृजनशील महिला सङ्घ, महिला सशक्तिकरण केन्द्र, शुभारम्भ नेपाल, मेची महाकाली संयुक्त बुहारी आवाज, लिड नेपाल, यौनिक अल्पसंख्यक, दमक अपाङ्ग संघ, मानव सेवा समाज, मेडपा, लगायतको सहभगिता रहेको अधिकृत शरिता भण्डारीले बताइन् ।
कार्यक्रममा बक्ताहरुले नगर पालिकाद्वारा उपलब्ध गराइएको तालिम तथा बितरित सामाग्रीहरुको सहि उपयोग भएको र स्वयं लाभान्वित महिला दिदीबहिनीहरुकै मुखबाट सफलताका कुरा सुन्दा आफुहरु अत्यन्तै हर्षित र उत्प्रेरित समेत भएको बताएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले अझै पनि महिलाहरु घर परिवारदेखि कार्यालयका कर्मचारी र जनप्रतिनिधिसम्मले पुरुषको मानसिक दवावबाट मुक्त हुन नसकिरहेको अवस्थामा ११४ आँै अन्तर्राष्ट्रिय महिला दिवशले यस्ता सामाजिक विभेद र मानवीय यातनाका बिरुद्धमा लडन महिलाहरुलाई थप हौसला र उत्साह प्राप्तहोस भन्ने शुभकामना ब्यक्त गरेकी थिइन् । कार्यक्रममा झण्डै १०० जना महिला उद्यमी सहित नगरका लब्ध प्रतिष्ठित महिलाहरुको उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार