मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १८:२:३१
२९ फागुन, काठमाडौँ । मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो ।
फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल नेपाल र बहराइनबीच बहराइनमै हुने छ । नेपाली फुटबल टोली पहिला मलेसिया सङ्ग मैत्रीपुर्ण खेलमा सहभागी भएर बहराइन जाने एन्फाले जानकारी दिएको छ ।
फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।
विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।
मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मलेसिया विरुद्ध मैधीपूर्ण खेल र बहराइन विरुद्ध हुने विश्वकपक छनोटको दुई खेलका लागि नेपाली टोली पनि घोषणा गरेका छन् । जसमा ६ नयाँ अनुहार छन् ।
नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ,सौभाग्य राई, सुमित श्रेष्ठ
मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट
मुख्य प्रशिक्षक : भिनसेन्जो अल्बर्टो एनेस
प्रशिक्षक : प्रवेश कटुवाल
गोलकिपिङ प्रशिक्षक : विनोद डंगोल
टेक्निकल स्टाफ : मनिष तिम्सिना
म्यानेजर : उत्तम भण्डारी
फिजियो : लोकेन्द्र कुँवर
किट म्यानेजर : ज्ञानबहादुर राई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार