प्रचण्डलाई मैले प्रधानमन्त्री बनाएको हो, कांग्रेसले विश्वासको मत दिए हुन्छः ओली
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १२:४३:१८
३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका छन् । उनले पोहोर कांग्रेसले भोट नमागी आफैं हौसिएर प्रचण्डलाई भाेट दिएको भन्दै अहिले विश्वासको मत नदिनुको कुनै कारण नभएको बताएका छन् ।
प्रतिनिधि सभामा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने बताए । ओलीले प्रधानमन्त्री प्रचण्डलाई अहिले विश्वासको मत किन नदिने ? भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले पहिले आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले विश्वासको मत दिएको स्मरण गरे ।
उनले भने, ‘पोहोर साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ । नेपाली कांग्रेस भोट नै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेट्री हालेका जस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने । उफ्रीउफ्री भाषण गर्नुभएको थियो । यसपटक के भो त्यस्तो फेरि ?’
उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’ एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार