रामग्राम स्तूपमा एक हजार भिक्षु आउने
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १४:५:३९
३० फागुन, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षु आउने भएका छन् । जिल्लाको रामग्राम नगरपालिका–७ उजैनीस्थित स्तूपमा आगामी चैत ४ गते भिक्षु आउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिए ।
स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्रार्थनाका लागि भिक्षु आउने उनको भनाइ छ । उनका अनुसार दिउँसोको पूजापछि साँझ बत्ती बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देशबाट आउने ती भिक्षुले परासी बजारबाट पैदलयात्रा गर्दै स्तूपसम्म जानेछन् । पैदलयात्राका लागि नरगपालिका सरसफाइ तथा व्यवस्थापनमा जुटेको छ ।
भिक्षुलाई स्तूपको मुख्य गेटबाट फुल विछ्याएर स्वागतसमेत गरिने तयारी भइरहेको नगरप्रमुख यादवले बताए । यति धेरै सङ्ख्यामा भिक्षु आउनु भनेको नगरवासी तथा पालिकाका लागि गौरवको विषय भएको भन्दै उनले सबै सङ्घ–संस्था र स्थानीयलाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह गरे ।
कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारीसमेत तोकेको जनाएको छ । स्तूपलाई बत्तीबाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार