वालिङ नगरपालिकाले कृषकलाई दूधमा १० रुपैँया अनुदान दिने
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १४:३६:८
♦ मणी प्रसाद अर्याल
३० फागुन, वालिङ । वालिङ नगरपालिकाले कृषकलाई प्रति लिटर दूधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेट मार्फत दूधमा आत्मनिर्भर कार्यक्रम तथा गाई-भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्थाबीच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।
अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दूधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दूध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुई पटक संकलित दूधको विवरण वालिङ नगरपालिकालाई विवरण उपलब्ध गराउने छ । दूधको मूल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा मूल्य निर्धारण गर्ने छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाई अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरे ।
वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी गराए । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरूको आकर्षणका निम्ति नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टीसँगै औषधि, बिमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिए ।
कृषकहरूको सहजतालाई मध्यनजर गर्दै दूध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दूधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिए । वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ/भैँसी पालेर औसतमा दिनको ५०० लिटर दूध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको कृषि शाखाले अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे सात महिना पछिको वर्षाले किसानलाई राहत
बैशाख २५, २०८१ मंगलबार
अनुदान पाएसँगै व्यवसायिक बाख्रापालनमा चेपाङ समुदाय
बैशाख २५, २०८१ मंगलबार
चितवनका केराले बजार पाएपछि व्यवसायी हर्षित
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
नक्कली नोटसहित जाजारकोटबाट एक महिला पक्राउ
बैशाख २५, २०८१ मंगलबार
भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
बैशाख २५, २०८१ मंगलबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार