सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैनः जनमोर्चा
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १४:५७:२३
३० फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका छन् । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए । उनले नागरिकता दुई वटा, पासपोर्ट दुई वटा भएको मान्छेलाई सांसद बनाएको भन्दै गृहमन्त्री बनाएर ठगीमा संलग्न भएको मान्छे नै चाहिने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।
वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री मिलेर सरकारी ठगी गरेको आरोप लागेकालाई उपप्रधान र गृहमन्त्री बनाएको उनको भनाइ थियो । जसलाई गृहमन्त्री बनाउनुभएको छ, उहाँलाई सहकारीको करोडौं ठगी गरेको आइरहेको छ,’ उनले भने ।
९९ प्रतिशतले समर्थन गर्दा पनि आफ्नो पार्टीले समर्थन नगरेको भन्दै आज पनि गर्न नसकिने उनले बताए । कसैले सुन चोर्ने ? कसैले सहकारी चोर्ने ? कोही मिटरब्याजी बन्ने ? यसैका लागि हो सरकार ?’ उनले प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार