लागूऔषध नाइट्रोभेट ट्याब्लेटसहित एकजना पक्राउ
आबिद हुसेन
चैत १, २०८० बिहिबार ११:६:३२
२९ फागुन, वीरगञ्ज । वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ वर्षिया विनोद गुप्ता रहेका छन् । गुप्तालाई नेपालमा प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार,सोमबार दिउँसो वीरगञ्जको पावर हाउस चोकबाट गण्डक चोक तर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरीर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए ।
लागूऔषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचाँदीका गहनासहित एक जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार
चाँदीका गहनासहित एक जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार